देवघाट, २ फागुन । तनहुँको देवघाटमा पनि २६ औ माओवादी जनयुद्ध दिवस मनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा देवघाट गाउँ कमिटीको आयोजनामा शनिबार एक कार्यक्रम गरि २६ औ माओवादी जनयुद्ध दिवस मनाएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देलले जनयुद्धका कारण नै देश अहिलेको अवस्थामा आइपुगेको बताए।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवम् गाउँ पालिका अध्यक्ष दुर्गाबहादुर थापा, जिल्ला सचिवालय सदस्य शुक्र चुमन एवं सहिद परिवार लगायतले शुभकामना व्यक्त गरेका थिए।