८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी ०८४ को चुनावमा भाग लिने संकेत गरेका छन् ।
पार्टीको ११औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट चन्दले आगामी चुनावमा भाग लिन सक्ने निर्णय हुन सक्ने बताएका हुन् ।
‘६ हजार वार्डमा चुनाव लड्नेछौं । ७५३ पालिकामा लड्नेछौं, १६५ मा लड्नेछौं’, उनले भने, ‘युवा साथीहरु, बुद्धिजिवी साथीहरु, देशभक्तहरु, जनजातिहरु, महिलाहरु, मजदुर किसानहरुको साथ लिएर एकचोटी एकीकृत जनक्रान्तिलाई ०८४ मा प्रयोग गर्ने चाहना छ ।’
आफ्नो पार्टीलाई चुनावमा भाग लिने सुझाव समेत आएको उनले बताए । ‘हामीलाई सुझाव पनि छ, तपाईँहरुले बन्दूकको कुरा मात्र गरेर हुँदैन, तपाईंहरुले युद्धको कुरा मात्रै गरेर हुँदैन, हामीलाई भाग लिन दिनुस् भन्ने मध्यम वर्गका साथीहरुको आग्रह छ’, चन्दले भने ।