चितवन : उपरदाङगढीमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्याल चितवनका अनुसार कालिका नगरपालिका ४ पदमपुरस्थित चित्रवन माविको बस दुर्घटनामा परेको हो । कालिका नगरपालिका ९ मा बस दुर्घटनामा परेको हो। दुर्घटनामा १५ जना घाइते भएको छ ।
घाइतेहरु मध्ये ९ जनाको नयाँ मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
उपरदाङगढी गएर फर्कने क्रममा ब्रेक फेल भई आज साँझ पौने छ बजे विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । बसमा कती जना सवार थिए भन्ने अझै एकिन नभएको प्रहरीले जनाएको छ । । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।