Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

रवि र छविसहित दशैजनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

रवि र छविसहित दशैजनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

images

इच्छाकामना न्युज

७, मंसिर २०८१
रवि र छविसहित दशैजनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी
images

चितवन : चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको छ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले आज उनीसहित १० जनाविरुद्ध पक्राउका लागि प्रहरीलाईअनुमति दिएका चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले थाहाखबरलाई जानकारी दिए।

पक्राउ पुर्जी जारी भएकामा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जना छन्। उनीहरूविरुद्ध केही दिनअघि मात्रै जाहेरी परेको र सोही आधारमा जाहेरी परेका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको चितवन प्रहरीले जनाएको छ।

 

चितवनको साहारा सहकारीका २४ जना सदस्यले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए। साहाराबाट गोर्खा मिडियासहित ५ वटा कम्पनीमा रकम गएको पाइएको छ।

images
प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - २३:०८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology