Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

ब्युटिसियन ट्यालेन्ट चितवनको अडिसन सुरु,दोस्रो अडिसन छिट्टै हुने

ब्युटिसियन ट्यालेन्ट चितवनको अडिसन सुरु,दोस्रो अडिसन छिट्टै हुने

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
ब्युटिसियन ट्यालेन्ट चितवनको अडिसन सुरु,दोस्रो अडिसन छिट्टै हुने

चितवन,फागुन,१।चितवनमा पहिलो पटक आयोजना गरिएको ब्युटिसियनहरुको लागि ब्युटिसियन ट्यालेन्ट(२०२१ को पहिलो अडिसन आज भरतपुरमा सम्पन्न भएको छ । सौन्दर्य पेशामा आबद्द तथा ब्युटीपार्लर सिकीरहनु भएकाहरुको आत्मबल बढाउन तथा आत्मा सम्मानका लागि चितवन मै पहिलो पटक ब्युटिसियन ट्यालेन्ट चितवन आयोजना गरिएको क्रियटिभ इन्साइड मिडिया प्रालिकि सरिता आचार्यले जानकारी दिनुभयो। भरतपुर १० दिपेन्द्रचोकमा रहेको द बर्गर हाउसमा भएको पहिलो अडिसनमा छनोट भएका सबैलाइ बधाई दिदै आचार्यले आगामी दिनमा विभिन्न स्थानमा पुन अडिसन गरिने बताउदै इच्छुक ब्युटीसियन पेशामा रहनु भएका वा सिकीरहनु भएकाहरुले सम्पर्क गर्न सक्ने बताउनुभयो।अहिलेको अडिसनमा छुट्नु भएकाहरुले पुन अब हुने अडिसनमा भाग लिन सक्ने बताउदै उहाले यस प्रतियोगितामा भाग लिन चाहनेले फारम भर्नुपर्ने बताउनुभयो।  जसको लागि ९८५५०५१०४१ मा सम्पर्क गर्न सकिने बताइएको छ । चितवनमै पहिलो पटक पृथक तरिकाको कार्यक्रम आयोजना गरिएको बताउदै आयोजक संस्थाले चितवन भित्र ब्युटिसियन पेशामा आबद्द तथा सिक्दै गर्नुभएकाहरुले भाग लिन सक्ने बताएको छ ।प्रशिक्षणको क्रममा बिज्ञहरुबाट प्रतियोगीहरुले ब्युटीसियन सम्बन्धि सेल्फ मेकअप, ब्राईडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाईल, हेयर केमिकल, आईल्यासिस एक्टेन्सन, पर्सनालिटी डेभ्लोप्मेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङ जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।ब्युटिसियनहरुको व्यक्तित्व बिकास र प्रतिभा प्रस्तुतिका लागि देश विदेशबाट अनुभव प्राप्त, सिटिइभिटीबाट मान्यता प्राप्त र ब्युटिसियन ब्यबसायमा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराइने सो प्रतियोगितामा विभिन्न तालिमहरु संचालन गराइने जानकारी दिएको छ । विभिन्न विधामा प्रतिस्पर्धीलाइ प्रतिष्पर्धा गराइने बताउदै आयोजक संस्थाले विजेतालाई नगद पुरस्कार सहित आकर्षक उपहारका साथै भ्रमणको समेत ब्यवस्था गरिएको बताएको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १७:५७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology