Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने

प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

३, मंसिर २०८१
प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने
images

गोरखा —प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंसिर २९ गते दौड प्रतियोगिता हुन लागेको हो । धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यसहित दौड प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह(शान्त) बस्नेतले बताए ।

मनकामनादेखि सुरु हुने दौड ताक्लुङ, तिनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भंगार(लखन थापा स्मारक), वुंकोट, ढुंगगाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, कालोबर चौतारा, तिनचापे खानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, बीपी चौतारा, ठूलोआँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका(गोरखकाली मन्दिर) हुँदै हनुमान थानमा पुगेर टुङ्गिने छ । मनकामनादेखि गोरखा दरबार सम्म ४२.१९५ किलोमिटर दुरीमा दौड हुने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा १ सय ५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ७५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै, चौथो हुनेले ६० हजार, पाँचौँ हुनेले ५० हजार, छैटौँ हुनेले ४० हजार, सातौँ हुनेले ३५ हजार, आठौँ हुनेले २५ हजार, नवौँ हुनेले २० हजार र १० औँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता संचालनका लागि २७ लाख ११ हजार दुई सय ५० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - २०:३९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology