Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरको विकासले गति लिँदैः संघ, प्रदेश र महानगरका अरबौका योजना

भरतपुरको विकासले गति लिँदैः संघ, प्रदेश र महानगरका अरबौका योजना

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
भरतपुरको विकासले गति लिँदैः संघ, प्रदेश र महानगरका अरबौका योजना

फागुन,१।गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो । महानगरपालिका, वाग्मती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजना यस महानगरमा सञ्चालनमा आएसँगै विकासका कामले गति लिएको हो । महानगरपालिकको अगुवाइमा प्रदेश र सङ्घीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजना अघि बढेका हुन् । भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजना रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ छ लेन सडक, नारायणी नदी किनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिङ्क रोडको काम धमाधम भइरहेको छ । यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परियोजना सञ्चालनको तयारीमा रहेका छन् ।

images

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - ११:५२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology