Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु हुदै, ४ सय मिटर सडकमा खानासगैँ रमाउन सकिने 

आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु हुदै, ४ सय मिटर सडकमा खानासगैँ रमाउन सकिने 

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु हुदै, ४ सय मिटर सडकमा खानासगैँ रमाउन सकिने 


फाल्गुन,१। चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु हुदैछ । कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल ९रेवान० सौराहाको आयोजनामा आजदेखि सुरु हुदै गरेको फेष्टिवलको सबै तयारी पुरा भएको फेष्टिवलका संयोजक धुव्रल गिरीले जानकारी दिए ।सौराहामा पहिलो पटक हात्ती चोकदेखि गैडा चोकसम्म व्यवस्थित तवरमा फुड स्टलसहित फेष्टिवलका कारण सौराहा नगरीलाई दुलही झै सिंगारिएको छ । भने पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिने अ लव सौराहा नामक सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।
३ दिनसम्म सञ्चालन हुने फेष्टिवलमा यो पटक स्थानिय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ । कोरोनाले सौराहाका पर्यटन ठप्प बनाएको थियो उनले भने, अब हामी आन्तरीक पर्यटकहरुलाई नै विशेष प्रथामिकता दिदै सडकमै सडकमै रमाऊ भन्ने नारासहित गरिने फेष्टिवल सबैका लागि नयाँ अनुवभ हुनेछ ।साथै ४ सय मिटर सडकमा विभिन्न खानाका परिकारसगैँ सास्कृतिक झाकीले सडक परिक्रममा गर्ने र सौराहाको पर्यटनमा नयाँ आयाम थपिने उनको भनाई थियो । फेष्टिवलको एक भव्य समारोहका विच आज दिउँसो ३ बजे रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले गर्ने कार्यक्रम छ । फेष्टिवलमा दिउँसो ४ बजेदेखि बेलुका १० बजेसम्म विशेष प्रस्तुतीले पर्यटकहरु थप उत्साहित हुने रेवान सौराहा सचिव कृष्ण भटट्ले जानकारी दिए ।यस अघिका फुड फेष्टिफल सिसुवारमा रहेको खाली चौरमा हुने गरेकोमा अहिलेको फुड फेष्टिवल भने सौराहाको मुल सडकमा नै गर्न लागिएको हो ।
उनले यसपालीको सौराहा फुड फेष्टिवल सडकमा नै भएपनि परिवारसंगै आएर रमाउन सबैलाई आग्रह पनि गरे ।यसैविच फुष्टिवलको अवसरमा सौराहामा विशेष छुट समेत घोषण गरेको रेवान सौराहाका कोषाध्यक्ष शम्भु मालीले जानकारी दिए । विगतमा भन्दा यो पटक पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म छुट समेत दिन व्यवसायीहरु एकमत भएको उनले बताए ।

images

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - ११:२४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology