Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँको व्यास नगरपालिकामा जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर

तनहुँको व्यास नगरपालिकामा जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर

images

रासस

२९, कार्तिक २०८१
तनहुँको व्यास नगरपालिकामा जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर
images

तनहुँ , कात्तिक २९  गते ।  तनहुँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो ।

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवासीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन”, उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले आगामी मङ्ङिसरभित्र वर्गीकरण टुङ्ग्याउने योजना बनाएको छ ।” नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा कमी आएको गैरेले बताउनुभयो । 

दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो । धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ”, उहाँले भन्नुभयो, “जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।”

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म  रु आठ करोड ७८ लाख ९६ हजार सात सय १४ राजस्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु छ करोड २८ लाख ६८ हजार पाँच सय ४९ गरेको छ । गत आवको तुलनामा चालु आवमा रु दुई करोड ५० लाख २८ हजार एक सय ६५ राजस्व सङ्कलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।   रासस

images
प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - ०८:१३:३४ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology