Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विवादित पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, आजै काठमाडौं ल्याइँदै

विवादित पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, आजै काठमाडौं ल्याइँदै

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
विवादित पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, आजै काठमाडौं ल्याइँदै
images

काठमाडौं । जापान भ्रमणका क्रममा मानव बेच विखनको आरोपमा लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइने तयारी गरिएको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको हो ।

images
images

प्रहरी स्रोतका अनुसार पूर्वमन्त्री अधिकारीलाई नियन्त्रण लिन काठमाडौंबाट विशेष प्रहरीको टोली विराटनर पुगेको छ । स्रोतका अनुसार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

अधिकारी आफैँले प्रहरीमा आत्मसमर्पण गरेको बताइएको छ । उनलाई आजै काठमाडौं ल्याइएको भएको छ । स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो ।

मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १३:३४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology