Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इच्छाकामनाको भाराङ स्वास्थ्य केन्द्रलाई सपना भिलेजद्वारा ३१ प्रकारका औषधी प्रदान

इच्छाकामनाको भाराङ स्वास्थ्य केन्द्रलाई सपना भिलेजद्वारा ३१ प्रकारका औषधी प्रदान

images

रासस

२२, कार्तिक २०८१
इच्छाकामनाको भाराङ स्वास्थ्य केन्द्रलाई सपना भिलेजद्वारा ३१ प्रकारका औषधी प्रदान
images

मुग्लिन । इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १०:४८:५६ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology