Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेश वनमन्त्री कृष्ण सिलवाल

सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेश वनमन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

१०, कार्तिक २०८१
सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेश वनमन्त्री कृष्ण सिलवाल
images

काठमाडौं । वागमति प्रदेश, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले अब आउने नयाँ नीतिमा सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने कुरालाई सम्बोधन गर्ने बताएका छन् ।

images
images

शुक्रबार नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित तिहार फ्लोरा एक्सपो–२०८१ को उद्घाटन गर्दै उनले सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने र बजेटको कुरा अर्को पटकको प्रदर्शनीमा उठाउनुपर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्नको लागि जुन कुरा उठाउनु भएको छ अब आउने नयाँ नीतिमा त्यो कुरा अलि अलि सम्बोधन भएको छ । अर्को वर्ष आउने नीतिमा सबैलाई चित्त बुझ्ने गरि सम्बोधन गर्ने छु । यसमा ढुक्क भए हुन्छ । यसको साथै बजेटको कुरामा पनि अर्को पटकको प्रदर्शनीमा बजेटको कुरा उठाउनु पर्ने अवस्था नआउने पनि विश्वास दिलाउन चहान्छु ।’

यस्तै, उनले व्यवसायमा लागि सकेपछि रोजि रोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नु पर्ने भन्दै त्यसमा तीन वटै सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यो व्यवसायमा लागि सकेपछि कमसेकम रोजि रोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नु पर्छ त्यसको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकार तीन वटै सरकारले सहयोग गर्न आवश्यक छ । हामी त्यो गर्न तयार छौ यो कुरामा म सबैलाई विश्वस्त गर्न चहान्छु ।’

पुष्प, जडिबुटि, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सक्षम हुनु पर्ने भन्दै यसतर्फ सोच्न सबैलाई आग्रह गरेका छन् ।

उनले भने, ‘पुष्प, जडिबुटि, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा यो देशलाई अगाडि बढाउन सक्षम हुनु पर्छ । हामीले गरेका कामले रोजगारी सिर्जना हुनु पर्छ । युवाहरुलाई बाहिर पठाउने होईन, हाम्रो उत्पादनहरुलाई पठाउन सक्षम हुनुपर्छ जसको कारण हामी आर्थिक रुपले पनि सम्पन्न हुन्छौ र नेपाललाई पहिचान दिन पनि सक्छौ । यसतर्फ सोच्न सबैलाई आग्रह गर्न चहान्छु ।’

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - ०८:२१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology