Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ

दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ

इच्छाकामना न्युज

६, कार्तिक २०८१
दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ
images

लहान । दीपावली र छठ पर्व नजिकिएकाले घरआँगन सरसफाइसँगै रङरोगन गर्न पेन्टरलाई भ्याइनभ्याइ भएको छ । दसैँ सकिएलगत्तै दीपावलीका लागि सरसफाइ गर्ने, पक्की घरमा रङरोगन गर्न दक्ष पेन्टरलाई भ्याइनभ्याइ भएको हो । 

images
images

लहान–२० का जितेन्द्र महतो भन्नुहुन्छ “दीपावली र छठका बिचमा पेन्टरलाई काम भ्याउने चटारो छ । अहिले रङरोगन गर्न पनि घरबेटीले कुनै मोलमोलाई गर्दैनन् । कामको चापले मोबाइलको स्विच अफ गर्ने परिस्थिति आउँछ ।”

लहान–४ का ठेकेदार रामदेव साहको दक्ष मजदुर ठुला सहरतर्फ गइसकेका छन् । अहिले यहाँ अर्ध दक्ष केही मजदुर मात्र छन् तर यहाँका गाउँ सहर जहाँसुकै पक्की घर निर्माण भइसकेकाले पेन्टरको माग उत्तिकै छ । युवा वैदेशिक रोजगारमा गएका कारण पनि अहिले पेन्टरको अभाव भएको छ ।” 

दैनिक आठ सय रुपियामाँ काम गर्ने मजदुर अहिले दिनको एक हजार लिइरहेको लहान–२०, हरिनगरका दक्ष कामदार जगदेव सदाय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफू १० वर्षदेखि यही काम गरेर घरपरिवार पालेर राम्रै कमाइ भइरहेको छ । एक पटक वैदेशिक रोजगारमा पनि गएको थिएँ । वैदेशिक रोजगारभन्दा राम्रो कमाइ आफ्नै गाउँठाउँमा हुने देखेर फर्कें ।” 

पेन्टर, बिजुली तथा निर्माण मजदुर युनियनका केन्द्रीय सदस्य तथा लहान नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष प्रदीपकुमार चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले दलित विपन्न समुदायलाई बिजुली, पेन्टिङ र घर निर्माणसम्बन्धी तालिम दिएर दक्ष बनाउने काम ग-यो भने स्वदेशमै रोजगारीको अवसर छ । आर्थिक उन्नति पनि हुने छ । जोखिम काम भएकाले सामाजिक सुरक्षाको व्यवस्था सरकारले गरिदिनुपर्ने हाम्रो माग छ । ठुलो भवनको पेन्ट गर्दा बिजुलीको तार जोड्दा वा निर्माणको कार्य गर्दा लडेर मृत्यु हुने, अपाङ्गता हुने अवस्थामा कामदार मजदुरको बालबच्चालाई पालनपोषण गर्न सुरक्षा अपनाउने तालिम र सामाजिक सुरक्षा आवश्यक छ । 

पेन्टिङ गर्ने मजदुरले बिनालगानी राम्रो आम्दानी गर्ने गरेको नथुनी पासवान बताउनुहुन्छ, “मजदुरको सुरक्षा र दक्ष तालिमको माग गर्दै आए पनि यसतर्फ स्थानीय सरकारले ध्यान नदिएको हाम्रो गुनासो छ ।”  

images
प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - ०८:३१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology