Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बीपी राजमार्ग आजदेखि खुल्ने : मर्मतको अन्तिम चरणको काम चल्दै

बीपी राजमार्ग आजदेखि खुल्ने : मर्मतको अन्तिम चरणको काम चल्दै

इच्छाकामना न्युज

२५, आश्विन २०८१
बीपी राजमार्ग आजदेखि खुल्ने : मर्मतको अन्तिम चरणको काम चल्दै
images

काठमाण्डौ । बाढीपहिरोले क्षति गर्दा अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी राजमार्ग आज शुक्रवारदेखि सञ्चालनमा आउने जानकारीसमेत गराउनुभएको छ ।

images
images

आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको उहाँको भनाइ छ । यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उहाँका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्नेछ । देशका अरू ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताउनुभयो ।

केही मेसिन भाडामा पनि लिएर काम भएको छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बिपी राजमार्ग निकै महत्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिनुभयो ।

सडक सहज हुँदा बीपी राजमार्ग हुँदै दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध हुँदै मुख्य पर्व दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुःख पाएका छन् । अब सडक खुलेपछि टीका लगाउन आउजाउ गर्नेलाई केही सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ । 

images
प्रकाशित मिति :आश्विन २५, २०८१ शुक्रवार - ०८:११:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology