Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको काठमाण्डौमा प्रर्दशन 

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको काठमाण्डौमा प्रर्दशन 

इच्छाकामना न्युज

२८, माघ २०७७
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको काठमाण्डौमा प्रर्दशन 
images

काठमाण्डौ, २८ माघ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमाविरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभाआयोजना गरेको छ । 
कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिकालागि सक्षम नेतृत्व र संरचनाचाहिने बताउनुभयो । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताउनुभयो । त्यस्तै नेता शर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताउनुभयो ।  
यस्तै, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको वास्तविक चुनाव नभएकोले त्यसलाई प्रतिगमन विरुद्धको आन्दोलनले खारेज गर्ने दाबीगर्नुभयो । केपीओलीले चुनावगर्न घोषणा गरेको पनि होइन, चुनाव नगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्र विरोधी भएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमन विरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं श्रेष्ठले भन्नुभयो । सारा लोकतन्त्रवादीहरु चुनावको पक्षमा रहेको प्रस्ट्याउँदै नेता श्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्य नहुने बताउनुभयो । संविधानलाई घात गर्ने चुनाव, संविधानलाई अपहरण गरेर संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव हामीलाई चाहिएको होइन, त्यो लोकतन्त्र अन्तर्गतको चुनाव होइन, प्रवक्ता श्रेष्ठले भन्नुभयो । 
यस्तै नेता रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध बोल्न पाउनुपर्ने बताउनुभयो । नेता झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यस विरुद्ध बोल्ने बताउनुभयो । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धि एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्ने  हो, झाक्रीले भन्नुभयो । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ । 

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १८:४८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology