Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालक भारतीय युवकको मृत्यु

दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालक भारतीय युवकको मृत्यु

इच्छाकामना न्युज

२१, आश्विन २०८१
दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालक भारतीय युवकको मृत्यु
images

झापा । दुई साताअघि झापामा दुर्गा प्रसाईँ समर्थको आगजनीमा परेका एकजना भारतीय युवकको मृत्यु भएको छ। डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

images
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी गर्दा उनी गम्भीर घाइते भएका थिए। 

उनलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए। उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेका झापा प्रहरीले जनाएको छ।

पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो। उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ०९:०४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology