Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बाढीले पोलमा क्षति पुर्‍याएपछि शहिद लखनको ठेउवाटार क्षेत्र ५ दिनदेखि अन्धकारमा

बाढीले पोलमा क्षति पुर्‍याएपछि शहिद लखनको ठेउवाटार क्षेत्र ५ दिनदेखि अन्धकारमा

images

इच्छाकामना न्युज

१७, आश्विन २०८१
बाढीले पोलमा क्षति पुर्‍याएपछि शहिद लखनको ठेउवाटार क्षेत्र ५ दिनदेखि अन्धकारमा
images

कुरिनटार । गोरखाको सहिद गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको पोलमा क्षति पु¥याएपछि गएको पाँच दिनदेखि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

सहिद लखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानी जोड्ने झोलुङे पुल बाढीले बगाउदा विद्युत पोलमा समेत क्षति पुगेपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिनुभयो ।

‘‘झोलुङे पुलसंगै विद्युतका चार वटा पोल बाढीले क्षति पु¥याएको छ, उहाँले भन्नुभयो, ‘‘पोलमा टाँगिएको सवै तारहरु पनि त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत सूचारु गर्ने तयारी भइरहेको छ ।’’

अवरुद्ध विद्युत सूचारु गराउन क्षति पुगेको विद्युतको पोल मर्मत गरिसकिएको अधिकारीले बताउनुभयो । ‘‘पोल मर्मतसम्हार र तार नयाँ फेर्ने काम लगभग सकिएको छ, उहाँले भन्नुभयो, ‘अव तत्कालै बिद्युत सुचारु गर्ने तयारी भइरहेको छ ।’’

विद्युत अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दालाई दैनिक कुटानी पिसानीका साथै मोवाइल चार्ज गर्नसमेत समस्या हुँदै आएको सहिद लखन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - २३:३२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology