Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनका युवा तथा विद्यार्थीहरुद्वारा बाढीको डुबानमा परेका देवघाटका आश्रममा सरसफाइ

एमाले चितवनका युवा तथा विद्यार्थीहरुद्वारा बाढीको डुबानमा परेका देवघाटका आश्रममा सरसफाइ

इच्छाकामना न्युज

१६, आश्विन २०८१
एमाले चितवनका युवा तथा विद्यार्थीहरुद्वारा बाढीको डुबानमा परेका देवघाटका आश्रममा सरसफाइ
images

चितवन । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले नारायणीमा आएको बाढीका कारण डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् । एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका युवा विद्यार्थीहरुले सरसफाइ गरेका हुन् ।

images
images

देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ गरिएको हो । उक्त आश्रममा बाढी पस्दा क्षति पुगेको छ । आश्रमका कोठाभित्र ३ फिटसम्म माटो भरिएको छ ।

एमाले निकट युवा विद्यार्थीहरु सोही माटो फाल्न आश्रम पुगेका हुन् । कार्यक्रममा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगानासहित युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

एमाले चितवनका अध्यक्ष कमलराज पाठकले करिब १०० जना युवा विद्यार्थीको उपस्थितिमा काम थालिएको बताए । भवनका कोठामा थुपरिएको माटो निकालेर आज नसकिएमा युवा विद्यार्थीलाई भोलि पनि खटाउने बताए । एमाले विगतदेखि नै यस्ता सामाजिक कार्यमा जोडिँदै आएको बताउँदै उनले त्यसलाई निरन्तरता दिँदै यो सरसफाइ गरिएको बताए । युवा विद्यार्थीहरुलाई सामाजिक कार्यमा अगाडि बढाउनुपर्छ भन्ने हेतुले पार्टीले नै निर्णय गरेर यस्ता काममा खटाउने गरेको उनको भनाइ छ ।

देवघाटका अन्य भवनहरुमा क्षति पुगेको देखेको बताउँदै अध्यक्ष पाठकले यहाँका स्थानीयसँग बसेर नेकपा एमालेले आवश्यक सहयोग गर्ने बताए ।

आश्रमका अध्यक्ष उत्तमलाल चुकेले आश्रममा रहेका बाआमाका लत्ताकपाडा लगायतका सबै सामग्री समेत नष्ट भएको बताए । उनले ट्वाइलेट, बाथरुम पनि जाम भएको जानकारी दिए ।

आश्रममा रहेका ५ वटा भवनका कोठामा ३ फिटसम्म माटो भरिँदा निकै समस्या परेको उनको भनाइ छ । आश्रममा रहेका बाआमालाई अन्य आश्रममा लागि राखिएको उनले जानकारी दिए । यस्तो परस्थितिमा एमाले पार्टीका तर्फबाट सहयोग भएको प्रति खुसी र आभार व्यक्त गर्दै उनले अन्य पार्टीलाई पनि सहयोग गर्न आह्वान गरे । सरसफाइमा सशस्त्र प्रहरी र रोटरी क्लवले पनि सहयोग गरेको उनले जानकारी दिए । उनले सरसफाइमा अझै सहयोगको आवश्यक रहेकाले अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।

images
प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - ०८:२३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology