भुम्लिचोक । गण्डकी गाउँपालिकाको भुम्लिचोकमा वडा दशैको अवसर पारेर सातौँ भैरवी कप फुटबल प्रतियोगित २०८१ हुने भएको छ । भुम्लिचोक युवा क्लबले आयोजना गर्न लागेको उत्त प्रतियोगिता असोज २१ गत्तेबाट सञ्चालन हुने क्लबका अध्यक्ष भरत गुरुङले इच्छाकामना न्युजलाई बताए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु १ लाख १ हजार दश रुपैया र द्धितिय स्थान हासिल गर्नेले ५० हजार पाँच सय ५ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागि जनाउने टिमले रु ६५०० दर्ता शूल्क तिर्नुपर्ने छ । भुम्लिचोक युवा क्लबले दशैको अवसरमा प्रत्येक वर्ष भैरवी खेलमैदानमा प्रतियोगिता गर्दै आएको छ । अर्को तर्फ आन्तरिक पर्यटनको सम्भावना बोकेको उत्त स्थानमा वर्षैदेखि दशैको अवसरमा फुटबल प्रतियोगिता हुदै आएको छ । दशैमा फुटबल भुम्लिचोकको पहिचान र संस्कृतिनै बनिसकेको छ ।
