Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी

अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी

images

एजेन्सी

११, आश्विन २०८१
अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी
images

युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनका बिच ‘ विजयी योजना ’का बारे वार्ता भइरहेको छ । यस वार्तामा सैन्य सहयोग देखि आर्थिक सहयोगसम्मका विषयमा छलफल भएको अनुमान छ । 

सो बैठकमा बाइडेनको साथमा उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिस समेतको उपस्थिति थियो । जेलेन्सकी सबै भन्दा धेरै मत स्विङ हुने पनेलेसेल्भिनयामा पुगेका छन् । यसलाई रिपब्लिक पार्टीले जेलेन्सकीको अमेरिका भ्रमण सहयोग माग्नका लागि मात्र नभएर निर्वाचनमा प्रभाव पानै समेत भएको टिप्पणी गरेको छ । 

यसै साता ट्रम्पले रुसी सैन्य शक्तिको धेरै नै प्रशंसा गरेका थिए । ‘उनीहरूले हिटलरलाई हराए र त्यस पछि नेपोलियनलाई पनि हराए । तसर्थ उनीहरू लडी नै रहने छन् ,’ ट्रम्पले भनेका थिए ।

जेलेन्सकीले यस भ्रमणमा बाइडेनसँग फेरि मिसाइलको सहयोग मागी रहेका छन् । अमेरिका र अन्य सहयोगी देशले  लामो दुरीको हतियार सहयोग बढाएमा युद्ध जित्न सकिने विश्वास जेलेन्सकीको छ । उनले केही दिन अघि मात्र यो युद्ध छोटो हुने बाटो भएको प्रतिक्रिया दिएका थिए । त्यसको लगत्तै उनी यस वार्तामा अग्रसर भएका थिए । 

युद्धको सुरुवातमा  धेरै नै क्षति सहेको युक्रेनले दुई महिना रुसलाई धेरै धक्का दिएको थियो । केही भूभाग कब्जा पनि गरेको छ । परन्तु यो महिना युद्धमा रुस नै हाबी भए पछि जेलेन्सकीले थप सहयोगका लागि अपिल गरी रहेका छन् । युरोपेली युनियनले पनि लगातार सहयोगको प्रतिबद्धता जनाएका कारण उनी यसमा आशावादी भएका हुन् । 

images
प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - ०८:४९:२१ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology