Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनका नेताहरुलाई कार्य विभाजन, कुन नेताले के पाए जिम्मेवारी ?

एमाले चितवनका नेताहरुलाई कार्य विभाजन, कुन नेताले के पाए जिम्मेवारी ?

इच्छाकामना न्युज

७, आश्विन २०८१
एमाले चितवनका नेताहरुलाई कार्य विभाजन, कुन नेताले के पाए जिम्मेवारी ?
images

चितवन । नेकपा (एमाले) चितवनको तेस्रो पूर्ण बैठक आइतवार सम्पन्न भएको छ । पार्टी कार्यालय चितवनको सभाहलमा बसेको बैठक नेताहरुलाई विभिन्न कार्य विभाजन गर्दै सम्पन्न भएको हो ।

images
images

बैठकले जिल्ला सचिवालय गठन, संघ र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन, जिल्लागत विभिन्न विभाग प्रमुखहरुको चयन, जनवर्गीय संगठनका जिल्ला इन्चार्ज चयन, जिल्ला सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च गठन, जिल्ला कमिटीमा केही सदस्यहरुलाई मनोनित र जिल्ला कमिटीको वार्षिक कार्य योजना अनुमोदन गरेको छ ।

पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष कमलराज पाठकले पाएका छन् भने संगठन विभाग प्रमुखको जिम्मेवारी प्रकाश ढुंगानालाई दिइएको छ । त्यस्तै, प्रचार विभागमा प्रकाश आचार्य, स्वास्थ्य विभागमा प्रकाश भट्ट, स्थानीय निकाय विभागमा बिनोद रेग्मी, महिला विभागमा बिमला लामा, शिक्षा तथा मानव श्रोत विभागमा नारायण पौडेल, सामाजिक सेवा विभागमा नरिनरायण पौडेल, वन तथा वातावरण विभागमा दुर्गा घिमिरे, पर्यटन विभागमा श्रीप्रसाद दवाडी, भौतिक पुर्वाधारमा पुस्तक गौतम र सहकारी विभागमा रामराज पौडेलले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

निर्वाचन क्षेत्र संयोजकतर्फ क्षेत्र नं १ मा प्रेम दुवाडी, क्षेत्र नं २ मा दान बहादुर गुरुङ र क्षेत्र नं ३ मा सुदिप रेग्मीले जिम्मेवारी पाए । जनसंगठन ईन्चार्जतर्फ अनेरास्ववियुमाअनोज जोशी, राष्ट्रिय युवा संघमा प्रताप डल्लाकोटी, पेशागत महासंघमा शेषमणी नेपाल, जिफन्टमा अन्जु गुरुङ, किसान महासंघमा कर्ण बिक, मुक्ति समाजमा मीन परियार, बुद्धिजीवी परिषदमा ज्वाला पुरी वन, भुमिहिन सुकुम्बासी श्रमिक संगठनमा दिपक सिँह परियार, लोकतान्त्रिक जनजाति महासंघमा सिताराम बल र नेपाल खेलकुद महासंघमा सुरज थपलियालाई जिम्मेवारी दिइएको छ ।

एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, पोलिव्युरो सदस्य एवम् पार्टी चितवन जिल्ला इन्चार्ज देवी प्रसाद ज्ञवाली, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, यमबहादुर परियार, प्रभा बराल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रमाकान्त सापकोटा, प्रदेश कमिटीका विभिन्न नेताहरु, चितवन जिल्ला पार्टी लेखा आयोग अध्यक्ष शंकर अधिकारी, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी एवम् अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो ।

एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए भने उपसचिवहरु मिनबहादुर परियार र ज्वाला पुरी वनले बैठकलाई सहजिकरण गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ११:३३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology