Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनको प्रचार विभाग प्रमुखमा प्रकाश आचार्य

एमाले चितवनको प्रचार विभाग प्रमुखमा प्रकाश आचार्य

इच्छाकामना न्युज

६, आश्विन २०८१
एमाले चितवनको प्रचार विभाग प्रमुखमा प्रकाश आचार्य
images

भरतपुर । नेकपा (एमाले) चितवनको प्रचार विभाग प्रमुखमा प्रकाश आचार्य चयन हुनुभएको छ । आज (आइतबार) सम्पन्न पार्टीको तेस्रो पूर्ण बैठकले आचार्यलाई प्रचार विभाग प्रमुखमा चयन गरेको हो । यस्तै अन्य १७ विभाग पनि गठन गरिएको छ । पार्टीले मोर्चा फाँट प्रमुखको जिम्मेवारी पार्टी अध्यक्ष कमलराज पाठक र संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव प्रकाश ढुंगानालाई तोकिएको छ ।

images
images

बैठकले जिल्ला सचिवालय गठन, संघ र प्रदेश निर्वाचन क्षेत्रीय समन्वयन कमिटी गठन, जिल्लागत विभिन्न विभाग प्रमुखहरुको चयन, जनवर्गीय संगठनका जिल्ला इन्चार्ज चयन, जिल्ला सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च गठन, जिल्ला कमिटीमा केही सदस्यहरुलाई मनोनित र जिल्ला कमिटीको वार्षिक कार्य योजना अनुमोदन गरेको छ ।

एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, पोलिव्युरो सदस्य एवम् पार्टी चितवन जिल्ला इन्चार्ज देवी प्रसाद ज्ञवाली, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, यमबहादुर परियार, प्रभा बराल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रमाकान्त सापकोटा, प्रदेश कमिटीका विभिन्न नेताहरु, चितवन जिल्ला पार्टी लेखा आयोग अध्यक्ष शंकर अधिकारी, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी एवम् अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो ।

एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपसचिवहरु मिनबहादुर परियार र ज्वाला पुरी वनले बैठकलाई सहजिकरण गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - २१:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology