Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना

पत्रपत्रिका

३, आश्विन २०८१
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीको ११औं महाधिवेशनसम्ममा पार्टी सदस्यता १० लाख पुर्‍याउने महत्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्दै छ ।

images
images

एमालेका महासचिव शंकर पोखरेलले तयार गरेको ‘वार्षिक कार्ययोजनामा २०८२’ मा पार्टी सदस्यता १० लाख पु¥याउन सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थाअनुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

‘पार्टीको ११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पु¥याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थानुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’ कार्ययोजनामा उल्लेख छ ।

पार्टीको गत १८ र १९ भदौमा बसेको पोलिटब्युरो बैठकमा प्रस्तुत निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना सचिवालय बैठकले अन्तिम रूप दिएको हो । कार्ययोजनाअनुसार सदस्यता नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा ३ प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पु¥याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्नेगरी योजना बनाएर कार्यान्वयन गर्ने नीति पार्टीको छ ।

‘पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्य संख्याको ३३ प्रतिशत महिला सदस्य पु¥याउनेगरी योजना बनाई कार्यान्वयन गर्ने, नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने, राजनीतिक ध्रुवीकरणको नीतिअनुरूप पार्टी प्रवेश गरेकाहरूको पार्टी सदस्यताको अभिलेखीकरणको काम प्रवेश गरेको तीन महिनाभित्र अनिवार्य रूपमा गर्ने,’ वार्षिक कार्ययोजनामा उल्लेख गरिएको छ, ‘नयाँ र प्रवेशबाट थपिएका सदस्यहरूबाट १ वर्षका लागि तोकिएनुसारको शुल्क सम्बन्धित कमिटीमा बुझाउने ।’

यसैगरी, एमालेले प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १ सय ५० र महानगरपालिकाले २ सय ५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण दिएर पार्टी काममा जोड्ने जनाइएको छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूहनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पु¥याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने जनाइएको छ ।

युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम (काउन्सिलिङ), प्रशिक्षण र तालिम, स्टार्टअपसम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने कार्ययोजनामा उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - ०८:१२:१८ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology