Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इन्जिनियरको कार्यक्रममा माइक बिग्रेपछि...

इन्जिनियरको कार्यक्रममा माइक बिग्रेपछि...

पत्रपत्रिका

२६, भाद्र २०८१
इन्जिनियरको कार्यक्रममा माइक बिग्रेपछि...
images

काठमाडौँ ।  इन्जिनियरकै कार्यक्रममा माइक बिग्रेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य पूरा गर्न पाउनु भएन । 

images
images

मङ्गलबार नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औँ निर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले मन्तव्यमा आयोजकलाई सम्बोधन गर्दागर्दै माइक बिग्रेपछि एकछिन अलमल भयो । प्रधानमन्त्रीले उभिएरै पर्खनुभयो । तर पनि माइक बनेन । नबनेपछि प्रधानमन्त्रीले माइकबिनै उम्मेदवारलाई शुभकामना दिएर मन्तव्य टुङ्ग्याएर हिँड्नुभयो ।

थापागाउँस्थित अर्पण पार्टी प्यालेसको हलमा सहभागीले केही छिनमै माइक बनेपछि ‘केपी बा ! केपी बा !’ भनेर पुनः बोल्न हुटिङ गरेका थिए । तर प्रधानमन्त्री ओलीलाई पुनः बोल्न माइक दिइए पनि उम्मेदवारलाई शुभकामना भनेर सभा समापन गर्नुभएको थियो । 

निर्माणमा इन्जिनियरको भूमिका र ३४ औँ निर्वाचनको सन्दर्भमा आयोजित अन्तर्क्रियामा प्रधानमन्त्रीले भदौ २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इन्जिनियर्स एसोसिएसनका उम्मेदवारलाई शुुभकामना दिनुुभयो । 

प्राडा विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा योग्य र सक्षम समूह भएकाले विजय हासिल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “यो समूह चुनावमा उठ्नका लागि उठाएजस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्रनिर्माणमा लाग्न सक्षम समूह देखिएको छ ।” गोर्खापत्रबाट

images
प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - ०७:२६:४१ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology