Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कोही घण्टी बजाउँदै आऊन् तर, रुखको छहारी नै ठूलो हो : कांग्रेस महामन्त्री गगन थापा

कोही घण्टी बजाउँदै आऊन् तर, रुखको छहारी नै ठूलो हो : कांग्रेस महामन्त्री गगन थापा

images

इच्छाकामना न्युज

२४, भाद्र २०८१
कोही घण्टी बजाउँदै आऊन् तर, रुखको छहारी नै ठूलो हो : कांग्रेस महामन्त्री गगन थापा
images

चितवन । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस जनताको पार्टी भएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित बीपी जन्मजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हिजो ठूला नेताहरूले पनि चितवन नै छान्नुहुन्थ्यो । किनकि यहाँ कांग्रेसको सङ्गठन व्यवस्थित छ । पार्टी तपाईंहरूले बनाउनुभएको छ । कांग्रेस जनताको पार्टी हो । यसलाई बर्कारार राख्नुहोला,” उनले भने ।

महामन्त्री थापाले चितवनमा पुनः पार्टीको शान फर्काउनुपर्ने बताए । “यहाँ कोही मादल बजाउँदै आए पनि आऊन्, घण्टी बजाउँदै आए पनि आऊन्, हँसिया हथौडा बजाउँदै आए पनि आऊन् । तर, रुखको छहारीभन्दा ठूलो केही छैन भन्ने कुरालाई पुनर्स्थापित गर्नुपर्छ,” उनले भने ।

पछिल्लो निर्वाचनमा चितवन १ र २ मा रास्वपाले चुनाव जितेको छ ।  रास्वपाको चुनाव चिह्न घण्टी हो । यही सन्दर्भ जोड्दै थापाले यस्तो भाषण गरेका हुन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - २०:०३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology