Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कञ्चनपुर पुगेर गृहमन्त्री लेखकले भने- 'निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ'

कञ्चनपुर पुगेर गृहमन्त्री लेखकले भने- 'निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ'

इच्छाकामना न्युज

२०, भाद्र २०८१
कञ्चनपुर पुगेर गृहमन्त्री लेखकले भने- 'निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ'
images

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।

images
images

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । 'यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ' उनले भने । 

त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए । 'कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।' उनले भने, 'निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।' 

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । 'दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ' गृहमन्त्री लेखकले भने 'छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।'

पत्रकार सम्मेलनमा उनले संसद्‌मा भएका दुई ठूला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकाले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । 'दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ ।' उनले भने, 'यो गठबन्धन आगामी चुनावसम्म जान्छ यसमा ढुक्क हुनुस् ।' 

तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरेका छन् । त्यसैगरि उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - ११:१९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology