Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रचण्डले जनता भड्काउन खोजे, सफल हुन दिँदैनौं : प्रधानमन्त्री केपी शर्मा ओली

प्रचण्डले जनता भड्काउन खोजे, सफल हुन दिँदैनौं : प्रधानमन्त्री केपी शर्मा ओली

images

इच्छाकामना न्युज

१९, भाद्र २०८१
प्रचण्डले जनता भड्काउन खोजे, सफल हुन दिँदैनौं : प्रधानमन्त्री केपी शर्मा ओली
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भड्काउने प्रयास गरे पनि त्यो सफल नहुने बताएका छन्।

पार्टी कार्यालय च्यासलमा जारी नेकपा एमालेको पोलिटब्युरो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदन र सडक आन्दोलनको धम्की दिएर प्रचण्डले जनतालाई भड्काउन खोजेको सदस्यहरुलाई ब्रिफिङ गरेका थिए।

प्रधानमन्त्री ओलीले सरकारका काम, पछिल्ला राजनीतिक घटनाक्रमलगायतका विषयमा बैठकलाई जानकारी दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारमा रहेर सतर्कतापूर्व जनताका मुद्दा सम्बोधन गरेर जानुपर्ने र त्यही गतिमा पार्टी कमिटीहरुलाई पनि चलायमान बनाउन निर्देशन दिए।

उनले स्थानीय तहको उपनिर्वाचनमा गुटबन्दीमा नलागी जित्ने गरी काम गर्नसमेत नेताहरुलाई निर्देशन दिए।

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ। महासचिवको कार्ययोजनामाथि आज छलफल हुने र बैठक आजै सक्ने एमालेको तयारी छ।

images
प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - ०९:४३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology