Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ठेक्का लिएर काम अलपत्र पार्नेलाई बन्दीपुर गाउँपालिकाले कारबाही

ठेक्का लिएर काम अलपत्र पार्नेलाई बन्दीपुर गाउँपालिकाले कारबाही

पत्रपत्रिका

१९, भाद्र २०८१
ठेक्का लिएर काम अलपत्र पार्नेलाई  बन्दीपुर गाउँपालिकाले कारबाही
images

अमरराज नहर्की, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने भएको हो । 

images
images

ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘‘समयमा काम सम्पन्न नगर्ने, अलपत्र पार्ने तथा गुणस्तरीय काम नगर्ने कम्पनीलाई धरौटी जफत गर्ने तयारीमा लागेका छौँ ।’’ काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलयमा सिफारिस गर्नेजस्ता प्रक्रिया पनि अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार विभिन्न बहानामा काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एक पटक काम सञ्चालन गर्न आग्रह गर्ने र आलटाल गरे नियमानुसार कारबाही गरिने छ । ठेक्का लिएको ६ वर्षसम्म पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘योजनाहरू समयमै ठेक्कालगायता पनि ठेकेदारहरूको बदमाशीले गर्दा योजनाहरू अलपत्र पार्ने गरेकाले कारबाहीका लागि सिफारिस गर्न थालेका छौं ।’’

गाउँपालिकाकाले २०७६/७७ मा वडा नम्बर २ को कार्यालय भवन ६५ लाख ३८ हजार नौ सय २७ रुपियाँ ६४ पैसामा लगाइएको ठेक्का तोकिएको समयभित्र काम नगरी पटक–पटक म्याद थप गर्दासमेत सम्पन्न नगरे पश्चात गत भदौ ११ गते बसेको कार्यपालिका बैठकले खड्गदेवी कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्रचार गरेको गाउँपालिकाले जनाएको छ । प्रवत्ता श्रेष्ठले भन्नुभयो, ‘‘पटक/पटक म्याद थप गर्दा पनि काम पूरा नगर्ने र  काम प्रति जिम्मेवारी बोध नै नगर्ने भएकाले कारबाहीका लागि सिफारिस गर्न थालेका छौं ।’’ गोर्खापत्र दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - ०९:३६:३७ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology