Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारको नेतृत्व गरेयता एमालेको पहिलो पोलिट्ब्युरो बैठक आजदेखि

सरकारको नेतृत्व गरेयता एमालेको पहिलो पोलिट्ब्युरो बैठक आजदेखि

इच्छाकामना न्युज

१८, भाद्र २०८१
सरकारको नेतृत्व गरेयता एमालेको पहिलो पोलिट्ब्युरो बैठक आजदेखि
images

काठमाण्डौ । नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरेयता नेकपा एमालेको पहिलोपटक पोलिट्ब्युरो बैठक बस्दै छ। 

images
images

बैठक दिउँसो १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुने एमाले पोलिट्ब्युरो सदस्य शेरबहादुर तामाङले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोड्दै एमालेले गत असार १७ गते कांग्रेससँग नयाँ गठबन्धन बनाएको थियो भने असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसयता एमालेका अन्य बैठक बसे पनि पोलिट्ब्युरो बैठक बसेको थिएन। 

‘हामीले सरकारको नेतृत्व गरेपछि पहिलोपटक पोलिट्ब्युरो बैठक बस्न लागेको हो’, उनले भने, ‘मूलतः पार्टीकै संगठनात्मक विषयमा छलफल हुनेछ भने सरकारका काम कारबाहीबारे पनि पक्कै छलफल चल्ला।’ 

उनका अनुसार सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुनेछ भने बाँकी रहेका जिल्ला, पालिका र वडा अधिवेशन, सदस्यता र संगठन विस्तार अभियानबारे छलफल हुनेछ। 

बुधबारसम्म चल्ने पोलिट्ब्युरो बैठकले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने पोलिट्ब्युरो सदस्य तामाङले जानकारी दिए। 
एमालेको पोलिट्ब्युरो कमिटी ९० सदस्यीय छ।

images
प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - ०८:३१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology