Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

वेनीघाट रोराङ गाउँपालिकामा सिकाई सुधारका लागि दुई दिने आवासीय शैक्षिक गोष्ठी

वेनीघाट रोराङ गाउँपालिकामा सिकाई सुधारका लागि दुई दिने आवासीय शैक्षिक गोष्ठी

images

इच्छाकामना न्युज

३, भाद्र २०८१
वेनीघाट रोराङ गाउँपालिकामा सिकाई सुधारका लागि दुई दिने आवासीय शैक्षिक गोष्ठी
images

धादिङ । वेनीघाट रोराङमा दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको छ । वेनीघाट रोराङ गाउँपालिका शिक्षा युवा खेलकुद तथा सामाजिक विकास  शाखाको आयोजनामा सिकाई सुधारका लागि विषय समितिका संयोजकहरु, परीक्षा समितिका पदाधिकारीहरु, शिक्षकका पेशागत संघसंगठनका प्रमुखहरु र सबै विद्यालयका प्रधानाध्यापकहरु सम्मिलित शनिबार र आइतबार दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको हो । सूर्योदय आधारभूत विद्यालय भुवा भञ्ज्याङमा सम्पन्न तालिममा १२४ जनाको सहभागिता रहेका थिए । 

455758483_122152022144254386_5343860618523658547_n1724037206.jpg

गाउँपालिका स्तरीय परीक्षा समिति र विषयगत समितिको प्रस्तुती सहित विद्यालयका प्रअहरुले सिकाइ सुधारका लागि मेरो कार्ययोजना शीर्षकमा डिजिटल प्रस्तुती दिनु भएको थियो ।  गाउँपालिका अध्यक्ष कृष्ण बहादुर  थपलिया विवेकको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा  गाउँपालिका र प्रधानाध्यापकबीच ५९ बुँदे कार्यसम्पादन करार सम्झौता समेत भएको गाउँपालिकाले जनाएको छ । 

455963905_122152022198254386_264527994935343892_n1724037753.jpg

साथै  सिकाई सुधारका लागि प्रधानाध्यापकहरुको २१ बुँदे साझा प्रतिबद्धता र  विद्यालयहरुबाट प्रस्तुत असल अभ्यास र कार्ययोजनाको संकलन कार्य गरिएको छ ।  नन ग्रेडेड नतिजा शुन्यमा झारौं– सिकाई सुधार वर्ष २०८१ लाई सफल पारौं”भन्ने साझा अवधारणा बोध गरिएको गाउँपालिका शिक्षा युवा खेलकुद तथा सामाजिक विकास  शाखाले जनाएको छ ।  यस गोष्ठीमा शिक्षा सुधारका लागि सहयोगी संस्था प्रयास नेपाल धादिङको समेत सक्रिय सहभागिता रहेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३, २०८१ सोमवार - ०९:११:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology