Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

माओवादीको भातृसंस्था वाइसिएल चितवनको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन

माओवादीको भातृसंस्था वाइसिएल चितवनको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
माओवादीको भातृसंस्था वाइसिएल चितवनको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन
images

चितवन : नेकपा माओवादी केन्द्रको युवा संगठन  योङ्ग कम्युनिष्ट लीग नेपाल (वाइसिएल) चितवनले १२१ सदस्यीय  जिल्ला समन्वय समिति  गठन गरेको छ । माओवादी केन्द्रका  केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज घनश्याम दाहाल(अबिनास)को प्रमुख आतिथ्यतामा बसेको वाइसिएल नेपाल चितवनको विस्तारित बैठकले  दुर्लभ शाही (रुपक) संयोजक रहेको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । 

यस अघि जिल्ला पार्टीको विस्तारित  बैठकले शाहीलाई संयोजकको जिम्मेवारी तोकिएपनि जिल्ला समन्वय समितिले भने पूर्णता पाएको थिएन । 

साथै बैठकले वाइसियल भरतपुर महानगर अध्यक्ष सतिश ढकाललाई पदेन जिल्ला सह–संयोजक बनाउने निर्णय गरेको छ । संगठनको अर्को बैठकबाट बाँकी जिल्ला सदस्य पछि थप गरिने संयोजक दुर्लभ साही‘रुपक’ले बताउनुभयो । बैठकले विभिन्न सामाजिक,राजनितिक,बैैैचारिक एवंं सांगठनिक कामहरु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।  साथै  बैठकले १३ सदस्यीय जिल्लाको कार्यालय विस्तार गर्ने निर्णय गरिएको छ ।

माओवादी केन्द्रका ,चितवन जिल्ला पार्टी संयोजक आर.सि अधिकारी र सचिव  दोर्णबाबु सिवाकोटी, बागमती प्रदेशका सांसद,तथा पार्टीका भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को बिशिस्ट आतिथ्यता र वाइसिएल बागमती प्रदेश अध्यक्ष साजन अधिकारी,वाइसिएलका केन्द्रीय सदस्यहरु रामु गोदार,बिजय सिंह र किरण धामीको बिशेष उपस्थितिमा  बैठक सम्पन्न भएको हो । 

52723ac3-56c0-4d91-9094-06094daf269b1723989912.jpg

52723ac3-56c0-4d91-9094-06094daf269b1723989912.jpg

0015a6dc-1573-4f38-a935-846ccfdf869d1723989908.jpg

25126baf-c316-4ce5-92ed-40577883af6a1723989911.jpg

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - २२:४७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology