Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

दोस्रो चरणको खोप अभियान जारीः २ सय २६ जना पत्रकारले लगाए खोप 

दोस्रो चरणको खोप अभियान जारीः २ सय २६ जना पत्रकारले लगाए खोप 

सिआईएन

२७, माघ २०७७
दोस्रो चरणको खोप अभियान जारीः २ सय २६ जना पत्रकारले लगाए खोप 

काठमाण्डौ, २७ माघ । सरकारले हिजोदेखि सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत २ सय २६ जना पत्रकारले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारका लागि काठमाडौंको निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोगलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालेको हो । 
दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी मन्त्रालयको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ । मन्त्रालयले माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको खोप अभियान माघ २४ गते सकेको थियो । 
दोस्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी, बैंकमा काम गर्ने तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८ सय ५७ जनालाई लगाइएको थियो । दोस्रो चरणको खोप अभियान आज दोस्रो दिन पनि जारी रहनेछ ।

images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०८:५५:३१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology