Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई ईन्चार्ज भट्टराईको निर्देशन

प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई ईन्चार्ज भट्टराईको निर्देशन

images

इच्छाकामना न्युज

२९, श्रावण २०८१
प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई ईन्चार्ज भट्टराईको निर्देशन
images

हेटौंडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । मंगलवार बागमती प्रदेश नेकपा एमाले संसदीय दलको कार्यालयमा एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई सम्बोधन गर्दै इन्चार्ज भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।

इन्चार्ज डा.भट्टराईले पछिल्लो समय प्रदेशप्रति देखिएको बितृष्णालाई हटाउन नियुक्त भएका मन्त्रीहरुले राम्रो काम देखाएर जनतालाई आशा जगाउनुपर्ने बताए । एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई यतिबेला आफ्नो योग्यता , क्षमता र इमान्दारीता देखाउने भएको बताए । पार्टीले विश्वास गरेर पठाएका मन्त्रीहरुलाई जनतासँग जोडिनका साथै ख्याल गरेर काम गर्न समेत निर्देशन दिए ।

त्यसैगरी, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री कैलाश ढुंगेलले पनि सुनौलो बागमती निर्माण गर्नका एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई अवसर भएको बताएका छन् । यो सरकार लामो समयसम्म जाने बताउँदै ढुंगेलले चुस्त दुरुस्त भएका अगाडि बढ्न आग्रह गरे । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा कृषि तथा पशु पन्छी बिकाश मन्त्री प्रकाश श्रेष्ठले बर्तमान अवस्थामा भईरहेको गतिविधिका बारेमा बिफ्रिङ् गरेका थिए ।

कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङ , केन्द्रिय सल्लाहकार सदस्य तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेल , केन्द्रिय सदस्य बाबुराम थापा , बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामा लगायत मन्त्री तथा सांसदहरुको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १९:०९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology