Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

राज्यमन्त्री चाैधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय 

राज्यमन्त्री चाैधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय 

images

इच्छाकामना न्युज

१९, श्रावण २०८१
राज्यमन्त्री चाैधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय 
images
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चाैधरीले पदभार ग्रहण गरेका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चाैधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । 
 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गाेपनीयताकाे सपथ लिएसँगै चाैधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 
 
पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चाैधरीले लुम्बिनी बिकास काेष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् । देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी बिकास  काेषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।
 
काे हुन् राज्यमन्त्री चाैधरी ? 
 
नवनियुक्त राज्यमन्त्री चाैधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । 
उनले नेकपा एमालेका  झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए । 
 
२२ बर्षकाे उमेरमा २०६२/०६३ काे जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा लाेकप्रिय सांसदका रुपमा चिनिन्छन् ।
 
राजनीतिमा जनताप्रति उत्तरदायी भएर निरन्तरता लाग्ने हाे भने जनताकाे मन जित्न सकिन्छ र अबसर पनि पाउन सकिन्छ भन्ने गतिलो उदारहण हुन्, चाैधरी ।
 
उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाकाे मेयरकाे उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चाैधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदकाे पनि उम्मेदवार बने । त्यसपटक पनि निर्वाचित हुन सकेनन् । 
 
उनी भन्छन्, `हारजित मेराे लागि ठुलो कुरा हैन्, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेराे पुर्ख्याैली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेराे समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ काे आन्दोलन देखि नै लागेको मान्छे हुँ । आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन्, म मेराे समाज परिवर्तन गर्ने, बिकास गर्ने र सम्बृद्व बनाउने आन्दोलनमा अन्यन्तै संघर्षरत यात्रा निरन्तर गर्दै आएकाे मान्छे हुँ । अन्ततः मेराे जनताप्रतिकाे इमान्दारीता र समाजप्रतिकाे जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमाेदन गरेर नागरिकहरुले यहाँसम्म ल्याउनु भएको छ ।´ 
 
समाज परिवर्तनकाे आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् । `मेराे लागि मन्त्री बन्नु ठुलो कुरा हैन् । तर, हिजो आम नागरिक भएर, एउटा अभियान्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मनाेभावना, चाहाना र आकांक्षा सँगसँगै राज्यकाे समग्र बिकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेकाे मान्छे हुँ´, उनी भन्छन्, `अब मन्त्रीकाे कुर्सिमा बसेर मैले मेराे अधिकार र प्रचलित  कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै  इमान्दार पुर्वक आम जनताका पक्षमा वफदार भएर अधिकतम् काम गर्नेछु ।´

images
प्रकाशित मिति :श्रावण १९, २०८१ शनिवार - ०७:०४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology