Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल चितवनको आयोजनामा डा रेमबहादुर गुरूङको योगदानमाथि चितवनमा चर्चा

तमू ह्युल चितवनको आयोजनामा डा रेमबहादुर गुरूङको योगदानमाथि चितवनमा चर्चा

इच्छाकामना न्युज

१२, श्रावण २०८१
तमू ह्युल चितवनको आयोजनामा डा रेमबहादुर गुरूङको योगदानमाथि चितवनमा चर्चा
images

चितवन । तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद चितवनले तमू एकताका अगुवा डा रेमबहादुर गुरूङको योगदानको चर्चा गरेको छ । शुक्रबार ह्युल छोँज धीँ चितवनको कार्यालयमा आयोजित १४औँ स्मृति दिवसका क्रममा गुरूङले देशभरका सबै गुरूङलाई एकै ठाउँमा उभ्याएर एकताको सूत्रमा बाँध्न सफल भएको भन्दै उनको योगदानको चर्चा गरिएको हो ।

images
images

ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले डा रेमबहादुर गुरूङकै कारण आज तमू ह्युल छोँज धीं गुरूङ समुदायको साझा संस्थाको रूपमा विकास भएको बताइन् । त्यसभन्दा पहिले छिन्नभिन्न रहेको गुरूङ जाति र संगठनलाई एक ठाउँमा ल्याएर राज्यले चिन्ने जातीय संस्थाको रूपमा विकास गर्ने भूमिकामा डा रेमबहादुर अग्रस्थानमा रहेको हुँदा हरेक वर्ष साउन ११ गतेलाई स्मृति दिवसमार्फत सम्झिने प्रयास गरिएको उनले बताइन् ।

WhatsApp-Image-2024-07-26-at-10.22.40-PM.jpeg

कार्यक्रमका प्रमुख अतिथि एवम् तमू ह्युल छोँज धीँका सङ्घीय अध्यक्ष कर्णबहादुर गुरूङले सामाजिक संस्था सञ्चालन गर्ने व्यक्तिले डा रेमबहादुर गुरूङबाट पाठ सिक्नुपर्ने बताए । ‘जुनससुकै संघसंस्थामा नेतृत्व गर्न चाहने व्यक्तिले डा रेमबहादुर गुरूङले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । तब न संस्था बलियो हुन्छ,’ उनले भने, ‘नेतृत्वकर्तामा व्यक्तिगत स्वार्थ हावी भयो भने त्यसले संस्थालाई हानी पुर्‍याउँछ ।’

तमू ह्युल छोंज धींका केन्द्रीय सचिव सन्तलाल गुरूङले तमू समुदायका नयाँ पुस्ताले डा रेमबहादुर गुरूङले देखाएको सत्मार्गमा हिँड्नुपर्ने बताए । जीवनको उत्तरार्धमा समेत गुरूङ जातिको हित र विकासका लागि खटिएको भन्दै कालान्तरसम्म पनि डा रेमबहादुरको योगदानलाई उत्तिकै सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख वक्ता एवम् ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार चन्द्रमान गुरूङले स्वर्गीय डा रेमबहादुर गुरूङको जीवनीमाथि चर्चा गरेका थिए । गुरूङ समुदायलाई आफ्नो हकअधिकारको लागि राज्यसँग लड्ने क्षमताको विकासमा पनि डा रेमको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् माडी नगरपालिकाका अध्यक्ष भरत गुरूङ, बागमती प्रदेश सदस्य नारायणसिंह गुरूङ, बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सल्लाहकार वेलबहादुर गुरूङलगायतले डा रेमबहादुर गुरूङको जीवनी र गुरूङ समुदायमाथि पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - ०९:५४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology