Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनका छुट्टा–छुट्टै दुई स्थानमा शव र मानव कंकाल फेला

चितवनका छुट्टा–छुट्टै दुई स्थानमा शव र मानव कंकाल फेला

images

इच्छाकामना न्युज

१२, श्रावण २०८१
चितवनका छुट्टा–छुट्टै दुई स्थानमा शव र मानव कंकाल फेला
images

चितवन । भरतपुर महानगरपालिकाको दुई छुट्टा–छुट्टै स्थानमा एउटा शव र एउटा मानव कंकाल फेला परेको छ ।

भरतपुर–३ कमलनगरमा एक पुरुषको शव फेला परेको हो भने भरतपुर–४ स्थित नारायणी नदीको टापुमा एउटा मानव कंकाल फेला परेको प्रहरीले बताएको छ ।

शुक्रवार राति ९ः५० बजेको समयमा कमलनगरको ग्लोबल एम्पोरियम फेन्सी पसल अगाडिको पेटिमा अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उक्त शवको पहिचान खुलेको छैन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै, शुक्रवार बिहान ६ः१० बजेको समयमा नारायणी नदीको टापुमा मानवको छाला मासु नभएको र हड्डी मात्रै भएको अवस्थामा एउटा कंकाल फेला परेको प्रहरीले जनाएको छ । उक्त मानव कंकाल मुचुल्का पश्चात भरतपुर अस्पतालको शव गृहमा ल्याएर राखिएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - ०९:३१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology