Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा पदभार ग्रहण, काठ दाउरा बिक्रीको लागि इबिडिङ लागु गर्ने पहिलो निर्णय

बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा पदभार ग्रहण, काठ दाउरा बिक्रीको लागि इबिडिङ लागु गर्ने पहिलो निर्णय

images

इच्छाकामना न्युज

९, श्रावण २०८१
बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा पदभार ग्रहण, काठ दाउरा बिक्रीको लागि इबिडिङ लागु गर्ने पहिलो निर्णय
images

चितवन । बागमती प्रदेशको नवनियुक्त वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा बामगती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शपथ ग्रहण गराउनुभएसँगै नवनियुक्त वनमन्त्री सिलवालले वन तथा वातावरण मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो ।

krishna silwal 3.jpg

पदभार ग्रहण लगत्तै मन्त्री सिलवालले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्नुहुदै संघियताको मर्म बमोजिम प्रदेशको आवश्यकता पुष्टि गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनतामा पछिल्लो समय ठुला राजनैतिक दलप्रति विश्वास कम हुदै गएकोले जनतामा छाएको वितृष्णालाई सकारात्मक बनाउनका लागि आफ्नो मन्त्रालय मार्फत आफु लागि पर्ने पनि बताउनुभयो ।

Screenshot (200).png 

यस्तै मन्त्री सिलवालले पदभार ग्रहण गर्नुभएको पहिलो दिन पहिलो निर्णयको रुपमा काठ दाउरा बिक्रीको लागि इबिडिङ (विद्युतीय बोलपात्र) लागु गर्ने निर्णय गर्नुभएको छ । अहिलेसम्म वनजंगलबाट आउने काठ दाउरा बिक्रीको लागि लिखित विधिबाट बोलपत्र गर्ने प्रचलनमा रहेकोमा अब उप्रान्त विद्युतीय बोलपत्र (इबिडिङ) लागु गर्ने गर्नको लागि नितिगत निर्णय गरिएको उहाँले बताउनुभयो । 

krishna3.jpg

‘यसरी बोलपत्र गर्दा पारदर्शी हुनुका साथै राज्य कोषमा आम्दानी पनि वृद्वि हुने भएकोले मैले पहिलो निर्णय नै इबिडिङ (विद्युतीय बोलपात्र) लागु गर्ने निर्णय गरेको हु’ –उहाँले भन्नुभयो ।

krishna2.jpgkrishan 12.jpg

 

images
प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - २०:१७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology