तनहुँ । पछिल्लो समय आयातित संस्कृति अवलम्बन गर्दै संस्कार मनाउने प्रचलन बढ्दै गैरहेको अवस्थामा तनहुँमा भने गुरुङ समुदायले आफ्नै जातीय भेषभुषामा सजिएर विवाह गरेका छन् ।
जिल्लाको ब्यास नगरपालिका ४ दमौली निवासी निश्चल गुरुङ र कास्की सिशुवा घर भै हाल काठमाण्डौ नागार्जुन नगरपालिका ३ स्वयम्भु निवासी सोनी गुरुङ बिच भएको विवाहमा जन्ती देखि बेहुलाबेहुलीसम्मले गुरुङ ड्रेस लगाएर विवाह गरेका हुन् ।
यसरी आफ्नै जातीय पोषाकमा विवाह गरेको सम्भवत तनहुँमै पहिलो पटक रहेको जिल्ला समन्वय समिति तनहुँका निवर्तमान सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिए । यसले पछिल्लो समय नयाँ पुस्तामा जातीय संस्कार संस्कृतिप्रति मोह बढ्न सक्ने उनले बताए