Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालिकोट जिल्ला कारागारको भवन जिर्ण 

कालिकोट जिल्ला कारागारको भवन जिर्ण 

सिआईएन

२६, माघ २०७७
कालिकोट जिल्ला कारागारको भवन जिर्ण 
images

हस्त चौलागाँई, कालिकोट, २६ माघ । कालिकोट जिल्ला कारागारको भवन जिर्ण अवस्थामा हुँदा विभिन्न किसीमका समस्याहरु आइपरेका छन् । कालिकोट कारागारमा स्थापना कालदेखि कुनै भौतिक संरचना निर्माण गरिएका छैनन् । 
भौतिक संरचना निर्माण नहुँदा कैदीबन्दीहरुलाई थुप्रै किसिमका समस्याहरु आइपरेको कैदीबन्दीहरु बताउँछन् । संरचना मात्र हैन कारागारमा रहेका विरामीहरुलाई स्वास्थ्य उपचारको पनि राम्रो व्यवस्था छैन । कैदीबन्दीलाइ कुनै समस्या देखिए स्टेचरको माध्यमबाट अस्पताल लैजानु पर्ने वाध्यता छ । कारागारमा सरकारी स्वास्थ्य कर्मीको दरबन्दी छ, तर पद भने अहिले सम्म रिक्त अवस्थामा छ ।  
कारागारमा १५ जना पुरुष र १० जना महिलाको लागि मात्र भवन छ । तर हाल ५९ जना पुरुष, ८ महिला र ३ बालवालिका गरि ७० जना बसिरहेका छन् ।  कारागारको दिगो विकासका लागि माथिल्लो निकायसंग पहल गरिरहेको जेलर नर बहादुर सार्की बताउँनुहुन्छ ।  
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने कर्णालीका दशओटै जिल्लामा रहेका कारागारलाई मजबुद बनाउन लागि रहेको बताउनुभयो कारागारलाइ सुधार गृहको रुपमा व्यवस्थित बनाउनुपर्ने कैदीबन्दीहरुको माग छ । देशभर ७२ जिल्लामा ७४ ओटा कारागार रहेका छन् । जसमा २५ हजार कैदीबन्दी रहेका छन् । देशभर रहेका ३० ओटा कारागार जिर्ण अवस्थामा रहेको सरकारी तथ्याङ्क छ ।  

images
images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:४६:१५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology