चितवन । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको रिक्त रहेको सदस्य पदमा पदपूर्ती गरिएको छ । संस्थाको शनिबार सम्पन्न बैठकले रिक्त रहेको जिल्ला सदस्य पदमा भरतपुर महानगरपालिका २० फलेनी गाउँ निवासी लिल बहादुर गुरुङलाई सदस्यमा मनोनित गरेको हो ।

संस्थाको ७ औं अधिवेशनबाट निर्वाचित एक जना सदस्यले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । सोही पदमा पदपूर्ती गरि गुरुङलाई मनोनित गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए ।
सदस्यमा मनोनित गुरुङलाई बैठकमै अन्य सदस्य तथा पदाधिकारीहरुले स्वागत गरिएको थियो ।