Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

images

इच्छाकामना न्युज

५, श्रावण २०८१
बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन
images

काठमाण्डौँ । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रदेश सम्पर्क कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकले जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

बैठकले प्रदेश संसदीय दललाई विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ । मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जम्कट्टेललाई बिहीबार राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - ०९:०७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology