हुग्दिखोला । पहिरो खसेका कारण मुग्लिन–नौबिसे सडक खण्ड पुनः अवरुद्ध बनेको छ । उक्त सडकखण्डको बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोला र जवाङखोलाको बिच स्थानमा आज दिउँसो करिब साढे २ बजेतिर पहिरो खसेको हो ।
पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मझिमटारले जानकारी दिएको छ । प्रहरीका अनुसार यतिबेला सडक डिभिजनको डोजरद्वारा पहिरो पन्छाई सडक सुचारु गराउने प्रयास भैरहेको र करिब १ घण्टा समय लाग्ने देखिन्छ ।
स्मरण रहोस् बिहान मात्रै पहिरो गएर करिब ३ घण्टा उक्त राजमार्ग अवरुद्ध बनेको थियो ।