काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका चारै मन्त्रीले आज राजीनामा दिँदै छन्।
रास्वपाबाट सरकारमा रहेका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले आजै सरकार छाड्न लागिएको जानकारी दिए।
‘आज हाम्रै चारै मन्त्रीहरूले राजीनामा दिनुहुन्छ’, उनले नेपालखबरसँग भने, ‘सरकार परिवर्तन भइसक्यो, अब किन बस्ने?’
यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्।