Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

उद्योग वाणिज्य संघ चितवनका सदस्यले मौलाकाली केवलकार लि.मा छुट पाउने

उद्योग वाणिज्य संघ चितवनका सदस्यले मौलाकाली केवलकार लि.मा छुट पाउने

images

इच्छाकामना न्युज

७, आषाढ २०८१
उद्योग वाणिज्य संघ चितवनका सदस्यले मौलाकाली केवलकार लि.मा छुट पाउने
images

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मौलाकालीका मन्दिर  दर्शन गर्न जादा केवुलकारको टिकटमा छुट पाउने भएका छन । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केवुलकारमा छुट दिने सम्बन्धी मौलाकालीका केवलकार  लि. र उद्योग वाणिज्य संघ–चितवन विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्व अन्र्तगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभएको थियो । उहाँले अन्य सेवा उपलब्ध गराउने संस्थाहरु संग पनि छुट गराउन पहल गरिरहेको बताउनु भएको थियो ।

केवुलकारको छुटमा टिकट खरिद गर्नको लागि मौलाकालीका केवलकारको कार्यालय वा काउन्टर बाट टिकट खरिद गर्न सकिने मौलाकालीका केवलकार  लि. ले जनाएको छ ।

नवलपुरको गैडाकोट स्थित सञ्चालित मौलाकालीका केवुलकारको टिकट खरिदमा उद्योग वाणिज्य संघ–चितवनका सदस्यले २० प्रतिशत छुट पाउने संघका कार्यकारी निर्देश निलबहादुर के.सीले जानकारी गराउनुभएको थियो । उहाँले सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने बताउनु भएको थियो । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदी, कार्यकारी निर्देशक निलबहादुर के.सी र मौलाकाली केवलकार  लि. का प्रवन्धक सुरज पौडेल र  कमलराज ढकालको सहभागिता रहेको थियो ।

यस पूर्वनै सम्झौता पत्रमा हस्तक्षर भई छुट उपलब्ध गराईरहेका व्यवसायिक प्रतिस्ठानहरु एन. पि. आई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स  टिचिङ्ग हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्डेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रा. लि. , ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन रिसोर्ट प्रा. लि.,  अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट, होटल सिराईचुली, रोयल सेन्चुरी होटल, पोखरा स्थित गन्तव्य रिसोर्टल र मनकामना दर्शन प्रा. लि. ले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउदै आएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

images
प्रकाशित मिति :आषाढ ७, २०८१ बिहिवार - २१:२३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology