Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले चितवनको नवनिर्वाचित कमिटिको शपथ ग्रहण आज, अध्यक्ष केपी शर्मा ओली आउने

एमाले चितवनको नवनिर्वाचित कमिटिको शपथ ग्रहण आज, अध्यक्ष केपी शर्मा ओली आउने

इच्छाकामना न्युज

२५, जेठ २०८१
एमाले चितवनको नवनिर्वाचित कमिटिको शपथ ग्रहण आज, अध्यक्ष केपी शर्मा ओली आउने
images

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार चितवन आउने भएका छन् । जिल्ला कमिटी, चितवनको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् ।

images
images

नवनिर्वाचित सचिव प्रकाश ढुंगानाका अनुसार ११औँ जिल्ला अधिवेशन उद्घाटन भएको भरतपुर–४ स्थित लंकुमा रहेको ग्यालेक्सी गार्डेन रिसोर्टमा शुक्रबार बिहान ११ बजेबाट कार्यक्रम प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ढुंगानाले जानकारी दिए ।

कार्यक्रम अनुसार प्रमुख निर्वाचत अधिकृत जगन्नाथ भण्डारीले नवनिर्वाचित अध्यक्ष पाठक र लेखा आयोगका अध्यक्ष शंकर अधिकारीलाई शपथ ग्रहण गराउने छन् भने अध्यक्ष पाठकले जिल्ला पदाधिकारी, सदस्य तथा लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको ढुंगानाले बताए । उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थितिका लागि आह्वान समेत गरे ।

एमाले चितवनको ११ औँ अधिवेशन गत १२ गते उद्घाट भई १६गते बिहान जिल्ला कमिटीको निर्वाचन परिणाम घोषणा भएको थियो । शपथ ग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।

images
प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - ०८:५७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology