Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको राप्तिमा तामाङ भाषामा पढाइ हुने, शिक्षकलाई मातृभाषा पढाइ तालिम

चितवनको राप्तिमा तामाङ भाषामा पढाइ हुने, शिक्षकलाई मातृभाषा पढाइ तालिम

इच्छाकामना न्युज

१७, जेठ २०८१
चितवनको राप्तिमा तामाङ भाषामा पढाइ हुने, शिक्षकलाई मातृभाषा पढाइ तालिम
images

चितवन । चितवनको राप्ती नगरपालिकाका बिद्यालयहरुमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यहि शैक्षिक सत्रमा सुरु हुने गरि नगर भित्रका तामाङ बिद्यार्थीको बाहुल्यता रहेको बिद्यालयहरुमा तयारी भइरहेको छ । कक्षा संचालन तयारी अन्तर्गत राप्ती नगरपालिकाको आयोजना र नेपाल तामाङ घेदुङ राप्तिको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषा सम्बन्धि अन्तरक्रिया गरिएको छ । नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ बिद्यार्थीहरुमा देखिएको भाषागत समस्यको समाधान लगायतको बिसयमा छलफल गरिएको थियो । बिहिबारबाट ५ दिन सम्म नगर भित्रका १३ वटै वडाका तामाङ बिद्यार्थीको बाहुल्यता रहेको बिद्यालयका तामाङ तथा गैर तामाङ शिक्षकहरुलाई मातृभाषा पढाइको तालिम समेत दिइने भएको छ । सुरुमा कक्षा १ को पाठ्यक्रममा मातृभाषा अर्थात तामाङ भाषामा पढाइ हुने जनाइएको छ ।Messenger_creation_28c4cc91-4cfa-4fd1-a30b-71b198f5a1ee.jpeg कार्यक्रममा प्रमुख अतिथि राप्ती नगर प्रमुख शमशेर लामाले नगरभित्र तामाङ बाहुल्यता धेरै भएपनी भाषामा समस्या रहेको भन्दै बिद्यालयमा हुने मातृभाषा शिक्षा संरक्षणमा कोसेढुङा हुने बिश्वास व्यक्त गर्नुभयो । बिशिस्ट अ राप्ती नगर उप-प्रमुख देबेन्द्र लामा, प्राध्यापक तथा शिक्षा विद डा. बिद्दनाथ कोइराला राप्ती, रास्ट्रीय भाषा आयोगका सचीव डा. लोक बहादुर लोप्चन, तामाङ मातृभाषा विज्ञ तथा पाँच दिने तामाङ भाषा प्रशिक्षणका प्रशिक्षक प्रतीक ङेसुर, शिक्षा शाखा प्रमुख रबिना देउजा लगायत रहनुभएको थियो । कार्यक्रममा नगरपालिका भित्र रहेका ४९ वटा विद्यालयका प्रधानाध्यापकहरु, निर्बाचित जनप्रतिनिधिहरु, विभिन्न शाखा प्रमुखहरु, शिक्षा समिति, विभिन्न संघ संस्था तथा समाजिक ब्यक्तिहरु लगायतको उपस्थिती थियो । राप्ती नगर प्रशासकीय अधिकृत सैलेन्द्र भण्डारिको अध्यक्षता रहेको कार्यक्रमको सहजिकरण तामाङ घेदुङ राप्तिका अध्यक्ष सन्देश घलानले गर्नुभएको थियो ।

images
images

images
प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - ०८:०६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology