Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

उद्योग वाणिज्य संघ चितवनद्वारा व्यवसायिक कानुनका विषयमा अभिमुखिकरण कार्यक्रम सम्मपन्न

उद्योग वाणिज्य संघ चितवनद्वारा व्यवसायिक कानुनका विषयमा अभिमुखिकरण कार्यक्रम सम्मपन्न

images

इच्छाकामना न्युज

११, जेठ २०८१
उद्योग वाणिज्य संघ चितवनद्वारा व्यवसायिक कानुनका विषयमा अभिमुखिकरण कार्यक्रम सम्मपन्न
images

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज एक दिवसीय व्यवसायिक कानुनका विषयमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई व्यवसायिक कानुनका बारेमा सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कानुनी विषयमा अन्जानमा गल्ति भएको भन्ने नहुने भएकाले आफ्नो व्यवसाय सँग सम्बन्धित कानुन जान्न उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्दै उहाँले व्यवसायीहरुलाई कनुनका विषयमा सजग गराउन कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

Business Law related Program 1 (2).jpeg

कार्यक्रममा प्रमुख स्रोत व्यक्ती सवोर्च अदालतका वरिष्ठ अधिवक्ता एवम् उद्योग वाणिज्य संघ–चितवनको पूर्व कानुनी सल्लाहकार प्रभु कोईरालाले कर्पोरेट कानुन, वाणिज्य कानुन र प्रचलित सार्वजनिक खरिद ऐन एवं सर्बोच्च अदालतको व्याख्या÷नजीरका सम्बन्धमा जानकारी गराउदैँ उहाँले उद्योगी व्यवसायीहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर केसी, संघका सल्लाहकारज्यूहरु, विशिष्ट सदस्यज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, कर्पोरेट सदस्यज्यूहरु, संघमा आवद्ध उद्योगी व्यवसायीज्यूहरुको सहभागिता रहेको थियो । उद्योग वाणिजय संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवदेले सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १९:४६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology