चितवन, २५ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम सफा हुने सम्भावना रहेको जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहे पनि कम्तीमा ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना नदेखिएको पनि महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्य तया सफा रहनेछ।
यस्तै राति प्रदेश १ को पहाडी तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली हुनेछ भने बाँकी ठाउँमा मौसम सामान्य तया सामान्य रहनेछ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु सबैलाई अनुरोध गरेको छ।
यस्तै भोली सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्य तया सफा रहने महाशाखाले जनाएको छ ।