Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँको आँबुखैरेनीमा २५६८ औं बुद्ध जयन्ती भव्य रुपले मनाईयो

तनहुँको आँबुखैरेनीमा २५६८ औं बुद्ध जयन्ती भव्य रुपले मनाईयो

images

इच्छाकामना न्युज

१०, जेठ २०८१
तनहुँको आँबुखैरेनीमा २५६८ औं बुद्ध जयन्ती भव्य रुपले मनाईयो
images

आँबुखैरेनी । बौद्ध सदन आँबुखैरेनी गुम्बाको आयोजनामा बिहीबार तनहुँको आँबुखैरेनीमा २५६८ औं बुद्ध जयन्ती भव्य रुपले मनाईएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं.३, मिलनचोकबाट शान्ति पद यात्रा सुरु गरि गुम्बा परिसरमा आएर विसर्जन, धर्म गुरु खिम्बु पेमा दोर्जेद्वारा धार्मिक प्रवर्चन, लामा गुरुहरुबाट अभिषेक वितरण तथा  प्रसाद वितरण, चुडका नाच लगाएत विविध कार्यक्रम गरि २५६८ औं बुद्ध जयन्ती भव्य रुपले मनाईएको बौद्ध सदन आँबुखैरेनी गुम्बा अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । 

445569635_877188521096597_4468232855562563935_n.jpg

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । 

441543720_877188967763219_6690912327057702576_n.jpg

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

images
प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - १९:२२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology