Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज ३१ औं मदन आश्रित स्मृति दिवस : मदन भण्डारीलाई सम्झिन दासढुंगामा मदन आश्रित स्मृति सभा सम्पन्न

आज ३१ औं मदन आश्रित स्मृति दिवस : मदन भण्डारीलाई सम्झिन दासढुंगामा मदन आश्रित स्मृति सभा सम्पन्न

images
आज ३१ औं मदन आश्रित स्मृति दिवस : मदन भण्डारीलाई सम्झिन दासढुंगामा मदन आश्रित स्मृति सभा सम्पन्न
images

चितवन । ३१ औं मदन आश्रित स्मृति दिवसमा आज भरतपुरको दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमाले चितवनको आयोजनामा भरतपुरको दासढुंगास्थित मदन स्मृति पार्कमा सभा आयोजना गरिएको हो ।

तत्कालीन नेकपा ९एमाले० का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमयी जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।

आज दासढुंगामा आयोजना गरिएको स्मृति सभामा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलिया, संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी, नेकपा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवाली लगायतको विशेष उपस्थिति रह्यो । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठक लगायत अन्य पदाधिकारीसहित जनवर्गीय संगठनका नेता कार्यकर्ताको पनि उपस्थिति रहेको थियो । सबैले मदन आश्रितको शालिकमा माल्यार्पण गरी मदन आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीले देखेका अन्य थुप्रै सपनाहरु पूरा गर्न आगामी ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

मन्त्री जेएन थपलियाले देशको परिवर्तनको बाहक मदन भण्डारीलाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले आजको दिन हत्या गरिएको बताए । अहिले नेपालको राजनीति जबज अर्थात मदन भण्डारीको विचार वरिपरी घुमिरहेको उनले बताए ।

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - २१:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology